बलिउड अभिनेता सैफ अली खानमाथि बिहीबार राति छुरा प्रहार भएको थियो।
हमलापछि सैफलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ। जहाँ उनको सर्जरी भएको छ। यस हमलामा अभिनेता सैफको जिउमा ६ वटा चोट लागेको छ। तीमध्ये दुइटा चोट गहिरो रहेको डा. निरज उत्तमानीले हिन्दुस्तान टाइम्ससँग भनेका छन्।
एउटा चोट घाँटीनजिक र अर्को चोट मेरूदण्ड नजिक रहेको उनले बताएका छन्। सैफको उपचारमा तीन जना चिकित्सक खटिएका छन्।हाल अभिनेता सैफ खतरामुक्त रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रहरीले आरोपीलाई पक्राउ गर्न २० टिम बनाएका थिए। अभिनेता सैफमाथि हमला गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। यस मामिलामा प्रहरी थप छानबिन गरिरहेका छन्।






















