काठमाडौँ, ७ पौष । गायिका समीक्षा अधिकारीले एआईबाट भिडियो बनाएर आफ्नो चरित्रहत्या गरेको भन्दै शनिबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।
२१ हजार फलोअर्स रहेको दिपु कान्छो प्रोफाइल डिजिटल क्रिएटर नामक फेसबुक पेजविरुद्ध उजुरी दिएको उनले जनाएकी छन् । उनले साइबर ब्युरोमा उजुरी दिएकोबारेको विवरण फेसबुकमार्फत सार्वजनिक गरेकी छन् ।
यसबारे जानकारी दिँदै उनले लेखेकी छन्- मेरो चरित्रहत्या गर्ने व्यक्तिविरुद्ध आज साइबर व्युरोमा निवेदन दिएकी छु । मेरो व्यक्तिगत र पारिवारिक जीवनमा असर पर्ने गरी राखिएको यस्तो प्रकारका भिडियोले समाज तथा राष्ट्रलाई नै असर पर्छ । साइबर व्युरोबाट कम्प्युटर र एआईको दुरुपयोग गरी यस्तो कार्य गर्ने व्यक्तिलाई तत्काल खोजी गरी कारवाही गर्ने जानकारी पाएको छु ।
कृपया सस्तो लोकप्रियता कमाउने उद्देश्यले कुनै पनि छोरी चेलीको जीवनलाई असर पर्ने गरी गैरकानूनी क्रियाकलाप नगरीदिनुहुन अनुरोध गर्दछु ।
बिस्तृतमा हेर्नुहाेस्ः
समिक्षाकाे फेसबुक वालबाट ।