काठमाडौं । । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आज बिहान निधन भएको साहित्यकार नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।
आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको प्रसाईंले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएको छन् ।
मुटु र प्रोष्टेटको समस्या रहेका जोशीमा कमजोरी बढेपछि गत असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।
साहित्यकार नरेन्द्रराज प्रसाइँ लेख्छन्ः
हाम्रा अति श्रद्धेय शताब्दी पुरुष सत्यमाेहन जाेशीको आज बिहान ७ बजे र ९ मिनेटमा किस्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा स्वर्गारोहण भयो ।
डा.जोशीको स्वर्गारोहणमा हामी अति दुखित बन्यौँ । डा.जोशीउपर हामी श्रद्धाञ्जली चढाउँदछौँ ।