काठमाडौँ । हनी ट्रयापमा पारेर १४ लाख रुपैयाँ भन्दा बढी असुलेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दैलेखको नौमुले गाउँपालिका–८ घर भइ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ बस्दै आएकी २१ वर्षीया शिन्दु चन्दलाई पक्राउ गरेको हो ।
चन्दले एक युकलाई २०८१ को भदौमा सुर्खेतकै बुलबुले होटलमा बोलाई सम्बन्ध राखेको र त्यसैलाई ब्ल्याकमेलिङ गरेर ठगी गरेको आरोप छ । बलात्कार मुद्दामा फसाउन भन्दै उनले पीडित युवकबाट १४ लाख २५ हजार रुपैयाँ असुलेको आरोप छ ।






















