धनकुटा । धनकुटाको पाख्रीवास राम्चेडाँडामा निर्मित वुद्ध स्तुपा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र विन्दु बन्दै गएको छ । हालै मात्र निर्माण गरिएको यो स्तुपा क्षेत्रमा अहिले दैनिक दर्जनौ मानिसहरु घुम्न जाने गरेका छन् ।
पाख्रीवास क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्षका साथ निर्माण गरिएको यो स्तुपामा राखिएका १ सय ८ वटा लुङ्दोले खासगरि आन्तरिक पर्यटकको ध्यान केन्द्रित गर्ने गरेको छ । यो स्तुपा पाख्रीवास युथ युनाईटेटको पहलमा बनाईएको हो ।
पाख्रीवासका स्थानियवासीबाट सहयोग स्वरुप संकलित साढे ९ लाख लागतमा स्तुपा बनाईएको पाख्रीवास युथ युनाईटडका अध्यक्ष गणेश गुरुङले वताउनुभयो ।
मिन वहादुर गरुङले गुरुङ समाजको नाममा प्रदान गर्नुभएको जग्गामा स्तुपा बनाईको उहाँको भनाई छ । पछि फेरि यो क्षेत्रमा सिसि क्यामेरा सहित अन्य आवश्यक कुरा राखेर व्यवस्थित गर्दे जाने लक्ष रहेको अध्यक्ष गुरुङले बताउनु भएको छ ।
पाख्रीवासमा वुद्ध स्तुपा सहित श्री संसारीमाई सिमसार क्षेत्र, राम्चेडाडा भ्यूटावर, पाथिभरा मन्दिर लगायत धेरै पर्यटकीय स्थलहरु रहेका छन् ।






















