इरानविरुद्ध इंग्ल्याण्डले गोलको वर्षा गरेको छ । जारी खेलमा इंग्ल्याण्डले ६–१ को अग्रता बनाएको हो । इंग्ल्याण्डका लागि बुकायो सकाले दुई तथा जुड बेलिङहम, राहिम स्टर्लिङ र मार्कस रासफोर्डले १–१ गोल गरेका हुन् । इरानका लागि मेहदी तारेमीले एक गोल फर्काए ।
विश्वकप फुटबल : ६४ वर्षपछि विश्वकप खेल्दै वेल्स
वेल्स ६४ वर्षपछि विश्वकपमा पहिलो खेल खेल्दैछ । सन् १९५८ पछि विश्वकपमा वेल्सलाई नेतृत्व गर्ने वेल्सका कप्तान गारेथ बेल तयार छन् ।
वेल्सले पछिल्लो दुई युरोकप खेले पनि विश्वकपमा छनोट हुन भने ६ दशकभन्दा बढी समय पर्खिनुपरेको थियो । वेल्स विश्वकपमा पहिलो र दोस्रो सहभागिताका लागि सबैभन्दा लामो समय पर्खिने टिम हो ।
‘विश्वकपका लागि छनोट हुनु हाम्रो देशको लागि सायद सबैभन्दा ठूलो सम्मान हो, जुन हामीले ६४ वर्षसम्म गर्न सकेका छैनौं,’ बेलले भने, ‘यो हाम्रो देशको इतिहास हो । विद्यालयहरू हाम्रा खेल (इरान विरुद्धको दोस्रो खेल) हेर्न बन्द गरिनेछ ।’
बेलले विश्वकप खेल्नु देशको लागि ठूलो इतिहास भएको बताउँदै लामो समयदेखि यसको पर्खाइमा रहेको बताए । ६४ वर्षपछि विश्वकप खेल्न लागेको वेल्स त्यसलाई यादगार बनाउन चाहन्छ ।
उता २०१८ मा छनोट हुन नसकेको अमेरिका आठ वर्षपछि विश्वकप खेल्दैछ । अमेरिका पनि सुखद् सुरुवात गर्न चाहन्छ । वेल्स र अमेरिका कतार विश्वकपको कम औसत उमेर भएको टिम हो । अमेरिकाको औसत उमेर २४ र वेल्सको औसत उमेर २५ वर्ष छ ।






















