चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तीन गुणा मतले पछि परेका छन् ।
कूल २ हजार ८८५ मत गणना हुँदा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिँदै १ हजार ३०६ मत पाएका छन् । दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले ९५२ मत पाएका छन् । यस्तै लामिछानेले ४३९ मत पाएका छन् ।
कास्की–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलको अग्रता
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले अग्रता हासिल गरेका छन् । ४ हजार १६७ मत गन्दा पौडेलले एक हजार ५९१ मत पाएका छन् । दोस्रो स्थानमा नेकपा एमालेका दामोदर पौडेल वैरागी छन् । उनले एक हजार २२८ मत पाएका छन् ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बराल ६१२ मतसहित तेस्रो स्थानमा छन् ।