इटहरी । सुनसरीकाे इटहरीमा इन्टरनेटकाे माध्यमबाट बालबालिकामा हुने याै’नजन्य कृियाकलाप नियन्त्रण गर्ने बारे सम्बन्धित सराेकारवालाहरू संगकाे एक दिने अन्तरकृिया कार्यक्रम सम्पन्न भएकाे छ ।
सडक बालबालिका तथा याैन हिं’सामा परेका बालबालिकाहरूकाे संरक्षण गर्दै आएकाे भाेइस अफ चिल्ड्रेनले आयाेजना गरेकाे अन्तरकृिया कार्यक्रममा धेरैजसाे बालबालिकाहरू अहिले इन्टरनेटकाे दुनीयमा रमाउने गरेकाे र याे भविस्यमा निकै जाेखिम रहेकाे उपस्थित बक्ताहरूले बताएका छन ।
इन्टरनेटकाे माध्यमबाट पछिल्लाे समय धेरै बालबालिकाहरू याै’न हिं’साकाे शिकार भएपनि प्रभावकारी कानुन नहुदा उनिहरूले सजिलै न्याय नपाएकाे अधिकांस बक्ताहरूले गुनाे राखेका थिए । अनलाइनका माध्यमबाट हुने बालयौ’न दुव्यवहार नियन्त्रणका लागि सरोकारबाला सचेत हुनु पर्ने देखि लिएर विशेष ऐनको व्यवस्था गरिनु पर्ने बक्ताहरूकाे सुझाव थियाे ।
पछिल्लो समयमा अनलाईनका माध्यमबाट बालबालिकाहरुमा यौ’न दुव्यवहार हुने क्रम बढी रहेको तर्फ मध्यनजर गर्दै भ्वाइस अफ चिल्ड्रेनले किन्डर नोथ लाइफ जर्मनी र बि एम जेको सहयोगमा बालबालिका बिरुद्ध हुने साइबर अपराध रोक्न इन्टरनेटमा थप सुरक्षा र संरक्षण नामक परियोजना सञ्चालन गर्दै आएको छ ।
इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले अनलाईनका माध्यमबाट बालबालिकालाई यौ’न दुव्यवहार गरेको तीन वटा उजुरी परेको र सो विषयलाई साइबर व्युरोमा पठाइएको जानकारी दिए । अनलाईनबाट हुने बालयौ’न दुव्र्यवहार नियन्त्रणका लागि भ्वाइस अफ चिल्ड्रेनसंग सहकार्य गरेर जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको समेत वताए ।
सो कार्यक्रमा भ्वाइस अफ चिल्ड्रेन सुनसरीका प्रमुख भरत थापाले अनलाईनका माध्यमबाट हुने बालयौ’न दुव्यवहार नियन्त्रणका साथै बालबालिकाहरुका क्षेत्रमा संस्थाले गर्दै आएका गतिविधिहरुका विषयमा जानकारी गराएका थिए । बालबालिका सम्वन्धी ऐन रहेको भएपनि अनलाईनका माध्यमबाट बालबालिकामा हुने यौ’न दुव्यवहारका विषयमा सो ऐनमा प्रष्ट उल्लेख नगरिएका कारण ऐनमै समावेश गरिनु पर्नेमा समेत सहभागीहरुले जोड दिए ।
कार्यक्रममा अनलाइनका माध्यमबाट बालयौ’न दुव्यवहारको अवस्था , बालवालिकाहरुको अनलाईन मोह , त्यसले पारिरहेको असर साथै समस्या समाधानका विषयमा अधिवक्ताद्धय सरोजकृष्ण घिमीरे र रोशनी पौडेलले सहजिकरण गरेका थिए ।
कार्यक्रममा इटहरी उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख भोजकला दवाडी , भ्वास अफ चिल्डे«न काठमाडौंकी रोजिना कार्की, जिल्ला प्रशासन कार्यालय सुनसरीका निराजन पोखरेल , अधिवक्ता सरोज गिरी लगायतका विभिन्न संघसंस्थामा आवद्धहरु ,राजनितिक दलका नेता , सचारकर्मी लगायतको सहभागिता रहेको थियो । नोट: फुटेज एफटिपीमा आएको छ ।