३४ हजार फिटमा पाइलटहरू भि’डेपछि दुई मिनेटमै १६ हजार ६ सय फिट झर्यो फ्लाई दुबईको विमान, आकस्मिक डाइभर्ट, अ’पहर’णाको संकेत दिने कोड प्रसारित भएको थियो !
यूएईको दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा दुई पाइलटबीच ‘हिं’सा’त्मक घ’टना’ भएपछि विमान साउदी अरेबियातर्फ डाइभर्ट गरिएको सीएनएनले जनाएको छ ।
विमान ३४ हजार फिटको उचाइमा उडिरहेका बेला करिब दुई मिनेटमै १६ हजार ६ सय फिट आसपासमा झरेको थियो । फ्लाईदुबईको उडान एफजेड १०७३ ले सुरुमा सामान्य ‘आपतका’लीन अवस्थाका लागि प्रयोग हुने स्क्वाक कोड ७७०० प्रसारण गरेको थियो। त्यसपछि केही समयका लागि ७५०० कोड प्रसारण भएको थियो। ७५०० कोड विमानमा गैर कानुनी ह’स्तक्षेप वा सम्भावित अ’पहर’णको संकेतका रूपमा प्रयोग हुन्छ। तर यो कोड प्रसारण हुँदैमा विमानमा त्यस्तो घटना भएको पुष्टि भने हुँदैन।
घ’टनापछि इजरायली वायुसेनाले ल’डाकु विमान परिचालन गरेको र प्रधानमन्त्री बेन्जामिन नेतान्याहू तथा रक्षामन्त्री इजरायल काट्जले सुरक्षा अधिकारीसँग तत्काल छलफल गरेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

























