विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?
नि’यन्त्र’णमा लिइसकेपछि आ’रोपी सह-पाइलटले एयरक्रुलाई बारम्बार “मलाई मा’रिदे’ऊ, मलाई मा’रिदे’ऊ” भनिरहेको तथ्य बाहिर आएको छ, जसले उनी आ’त्म’घा’ती ह’म’ला’को उद्देश्यमा रहेको सङ्केत गर्छ। ओमानका नागरिक रहेका ती आ’क्रम’णका’रीको ‘इ’स्ला’मी क’ट्टरप’न्थी सोचबाट ब्रेनवाश’ गरिएको प्रारम्भिक सङ्केतहरू देखिएको प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले दाबी गरेका छन्। यद्यपि, यसमा अनुसन्धान अझै जारी छ।
विमान साउदी अरेबियामा अवतरण भएका कारण साउदी अधिकारीहरूले आ’रोपी सह-पाइलटलाई आफ्नो नि’यन्त्र’णमा लिएर विस्तृत सोधपुछ गरिरहेका छन्। अनुसन्धानबाट खुलेअनुसार फ्लाई दुबईमा काम गर्न थालेको करिब ८ महिना मात्र भएको थियो।
सहकर्मीहरूको भनाइलाई उद्धृत गर्दै मिडिया रिपोर्टहरूमा उनी अ’त्य’धिक धार्मिक ग’तिविधिमा सं’लग्न हुने गरेको र महिलाहरूसँग हात मिलाउन समेत अस्वीकार गर्ने गरेको बताइएको छ। हाल उनी साउदी अरेबियाको हि’रास’तमा छन् र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

























