पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल छ यो गजल गीत । सामाजिक सञ्जाल फेसबुकदेखि टिकटक लगायत सबै तिर प्राथमिकतामा परिरहेको गीत शास्त्रीय सङ्गीतमा तयार छ । ६ दिन अगाडि तिलकसिंह पेला नामक युट्युब च्यानलबाट अपलोड भएको गजलले समाचार तयार गर्दासम्म ७ लाख बढी भ्युज पाइसकेको छ । गजलका गायक हुन् तिलकसिंह पेला ।
छोटो समयमा लाखौं मानिसको मन जित्न सफल गजलको भिडियो पनि बनेको छ । तर भिडियो कुनै तडकभडक तरिकाले, महँगा मोडल राखेर आकर्षक लोकेसनमा छायाङ्कन भएका छैनन् । भिडियो तैपनि गीतको भ्युज युट्युबमा हरेक क्षेत्र बढ्दो छ । भिडियोमा गायक पेला स्टुडियोको गायक अगाडि उभिएर मात्र गजल गाएका छन् ।
गजलले भिउज पाएको मात्र होइन, शब्द र गायन पेलाको गायन शैलीलाई समेत सबैले तारिफ गरेका छन् । लोक, आधुनिक लगायत संगीतको बचश्र्व रहेको वर्तमान समयमा शास्त्रीय सङ्गीतमा तयार यो गजलले पाएको चर्चा देख्दा साङ्गीतिक क्षेत्रमा सबै चकित छन् । गीतको शब्द डा. प्रदीपकुमार मैनालीले कोरेका हुन्, भने सङ्गीत गायक पेलाकै छ ।
के लत बस्यो मलाई कहिले सुधार हुन्छ ?
एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ
साथी रहेछ दुःख हरपल सवार हुन्छ
सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ
पानी परेर धर्ती आकाश हुन्छ सुन्दर
धर्ती बनेर तिम्रो के नै बिगार हुन्छ ?
खोला नदी समुन्द्र जे नाम होस् न आखिर
अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ
गजलको स्थायी मात्र होइन, सबै अन्तरामा समेत शब्द राम्रा छन् । गजलले निकै मार्मिक तथा जिवन्त भन्दै चारैतिरबाट तारिफ पाइरहेको छ । गजलका एरेन्जर तथा रेकर्डिस्ट रिदम कँडेल हुन् ।
सुदूरपश्चिमको बैतडीको दशरथचन्द नगरपालिकामा गायक पेलाको यो गीत सृजना, गायन र सङ्गीतमा भन्दा म्युजिक भिडियो र तडकभडक विश्वास गर्नेलाई गतिलो झापड पनि हो । गायक पेला लामो समयदेखि शास्त्रीय सङ्गीतमा क्रियाशील छन् ।
भिडियोः






















