स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए ।
दीपासाले बिरानो माया, झेली, दुलही रानी चलचित्रमा अभिनय गरेकी छन् । साथै दर्जनौं म्युजिक भिडिओमा उनलाई देख्न सकिन्छ ।
सुर्खेत घर भएकी दीपासा अविवाहित हुन् ।






















