काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्यरुपमा बढेकोे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ७ सय रुपैयाँले बढेको हो ।
आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन बढेर आज २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आइतबार ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।






















