अविरल वर्षापछि आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु भएको छ भने तीन जना बे’पत्ता भएका छन्। माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको प’हिरोमा पु’रिएर मृ’त्यु भएको प्रहरीले जनाएको छ।

ठिमुरेमा पहिरोले घर पुरिँदा बे’पत्ता भएकी सारुलाई खोजी गर्ने क्रममा मृ’त फेला पारिएको हो।
यसैबीच,वर्षाका कारण पाल्पाको माडी फाँट र झडेवा फाँटमा डुबान भएको छ भने माथागढी–झडेवाको देउगिरमा जमिन चिरिएपछि दर्जनभन्दा बढी घरपरिवार जोखिममा परेका छन्। रामपुर नगरपालिका–१० होस्दीमा समेत पहिरो खसेको प्रहरीले जनाएको छ।

























