सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री माननीय निशा मेहताज्यूले चालु आर्थिक वर्षमा गरिने मुख्य काम तथा हासिल गरिने उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गर्नुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्री मेहताज्यूले प्रधानमन्त्री शाहज्यूसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदानप्रदान गर्नुभएको हो।
सुशासन,सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको हो ।

























