काठमाडौंस्थित चिनियाँ दूतावासले बुधबार बिहान आएको बाढीका कारण चीनको तिब्बततर्फ ५५८ जना सम्पर्कविहीन भएको जनाएको छ । दूतावासले सामाजिक सञ्जाल एक्समार्फत सो जानकारी दिएको हो ।

दक्षिण–पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा चीन–नेपाल सीमावर्ती बन्दरगाहमा पहिरो जाँदा बिहीबार बिहान ८ बजेसम्म ३ जनाको मृत्यु भएको छ ।
५५८ जना बेपत्ता रहेको र दुईजना स्थानीयको उद्धार गरिएको स्थानीय अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिएको चिनियाँ दूतावासले जनाएको छ ।
























