नेपालमा आएको भी’षण बा’ढीपहि’रोमा ९ जना दक्षिण कोरियाली नागरिक स”म्पर्कविहीन भएपछि दक्षिण कोरियाले खोज तथा उ’द्धारका लागि ११ सदस्यीय सरकारी टोली नेपाल पठाएको छ ।🙏
विदेश मन्त्रालयका अनुसार बिहीबार इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको टोलीमा ४ जना विदेश मन्त्रालयका अधिकारी, ५ जना अ’ग्निनियन्त्रक र २ जना प्रहरी रहेका छन् ।🥰
टोलीको नेतृत्व विदेश मन्त्रालयका कन्सुलर मामिला तथा विदेशमा रहेका कोरियाली नागरिक संरक्षणसम्बन्धी राजदूत लिम साङ–वूले गरेका छन् ।❤️
सम्पर्कविहीन ९ जना Doosan Enerbility र Korea South-East Power सँग सम्बन्धित कर्मचारी हुन् । जो रसुवास्थित Upper Trishuli-1 जलविद्युत् आयोजनामा कार्यरत थिए । सोही आयोजनामा रहेका थप १० जना कोरियाली नागरिक भने सुरक्षित रहेको पुष्टि भएको छ ।🥰
नेपालमा बाढीपहिरोका कारण हालसम्म १५७ जनाको मृ*त्यु भएको र सयौँ मानिस अझै सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ । दक्षिण कोरियाली टोलीले नेपाल पुगेपछि नेपाली सुरक्षा निकायसँग समन्वय गरी आफ्ना नागरिकको खोज तथा उद्धारमा सहयोग गर्नेछ । 🇳🇵🇰🇷🙏
Subash Khehang Tumbahangphe Limbu जीको फेसबुकबाट ।

























