आज मिति २०८३।०६।११ गते अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रहरूमा #नेपालीसेना को फौज खोज, उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा सडक खुलाउने कार्यमा निरन्तर रुपमा खट्टिरहेको छ।
१. पर्वत : जलजला गाउँपालिका-८ स्थित फर्सेमा आज बिहान काली गण्डकी नदी बस्तीमा पस्दा घरहरु बगाएको खबर प्राप्त भएपश्चात #नेपालीसेना, नयाँ रणभिम गुल्मबाट उक्त स्थानमा फौज खट्टिई सुरक्षित स्थानमा स्थानान्तरण र सर-सामानहरु सार्न सहयोग गरिरहेको छ।
२. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) : मध्यबिन्दु नगरपालिका-२ भुताहामा नारायणी नदीको बहाव बढेर बाढी तथा डुबानको जोखिम सिर्जना भएपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नं. २ वन तथा पर्यावरण सुरक्षा गणको फौज खटिएको र सुस्ता गाउँपालिका-५ स्थित सुस्ता इलाकामा डुबानको जोखिम भएकाले गोरखदल गणको सुरक्षा वेश त्रिवेणीबाट फौज खट्टिई स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण कार्य जारी राखेको छ।
३. पाल्पा: माथागढी गाउँपालिका-३ लेन्दीमा पहिरोले घर पुरेको खबर प्राप्त हुनासाथ दि फेमस महिन्द्र दल गणको फौज घटनास्थलमा पुगी खोज तथा उद्धार कार्यमा जुटिरहेको छ।
४. भरतपुर : भरतपुर महानगरपालिका-१ देवघाटमा र भरतपुर महानगरपालिका-३ बाह्रघरेमा नारायणी नदीको सतह बढेकाले नयाँ सबुज गणको फौजले स्थानीयवासीलाई सुरक्षित स्थानमा स्तान्तारण गर्न खटिएको छ।
५. धनुषाः धनुषा जिल्ला, मिथिला नगरपालिका-११, आपगाछी, चुरेमा पहिरो गई घर पुरिएको सूचना प्राप्त भएपश्चात फौजहरु खोज तथा उद्धार कार्यका लागि खटिएको छ।
६. तनहुँ (पृथ्वी राजमार्ग सडक सुचारु) : व्यास नगरपालिका-१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा पहिरो र लेदो आई अवरुद्ध भएको सडक खण्ड काली भञ्जन गण (ई) बाट खटिएको फौजले स्थानीय निकायसंगको सहकार्यमा अवरोध हटाई सडक पूर्ण रूपमा सुचारु गराएको छ।
#NepaliArmy





























