दाङ , दाङमा टिकटक बनाउने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ३४ वर्षीय नबीन केसी रहेका छन् ।शनिबार राती करिब ९ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ साततले भन्ने स्थानमा टिकटक बनाउने क्रममा उनी भीरबाट तल खसेका थिए ।
भीरबाट खसेर बेपत्ता भन्ने खवर पाए लगत्तै ईलाका प्रहरी कार्यालय तुलसीपुर र गोटी खोलाको प्रहरी टोली घटना स्थल पुगेको थियो । करिब साढे १० बजेको समयमा प्रहरीले उनलाई फेला पारि अस्पताल ल्याएको थियो ।
राप्ती प्रादेशिक अस्पताल ल्याए लगत्तै अस्पतालले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बखत बहादुर शाहीले जानकारी दिए । केसीको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।
भिडियो हेर्नुहाेस्ः
यो पनिः अधिकार स्थानीय सरकारलाई दिए मात्र देशको प्रगति हुन्छ : मन्त्री श्रेष्ठ
राज्यमन्त्री उमेश श्रेष्ठले स्थानीय सरकारलाई संविधानले तोकिएको अधिकार दिए मात्र देशको प्रगति हुने बताएका छन् ।
राष्ट्रियसभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिले आज हेटौँडामा आयोजनामा गरेको ‘संघीय शासन प्रणाली सबलीकरण विषयक अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उनले स्थानीय सरकारलाई जति अधिकार दियो त्यति देशको प्रगति हुने बताएका हुन् स्थानीय, प्रदेश र सङ्घबीच अधिकारको सम्बन्धमा विवाद हुने गरेको भन्दै उनले स्थानीय सरकारलाई संविधानले तोकेको अधिकार दिनुपर्ने बताए ।
राज्यमन्त्री श्रेष्ठले विकास निर्माणको काममा प्रदेश–प्रदेशका बिचमा प्रतिष्पर्धा हुनुपर्ने उल्लेख गरे । उनले प्रदेश र स्थानीय सरकारले रोजगारमूलक र व्यवसायमूलक शिक्षामा ध्यान दिनुपर्ने धारणा राखे ।