काठमाडौं । बालिका क’रणी गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका कप्तान आफू निर्दोष भएको र नेपाल चाडै फर्कने बताएका छन् । सामाजिक सन्जालमा लेख्दै सन्दीपले आफू स्त’ब्ध भएको र केही दिनमा सिपिएल छोडेर स्वदेश फर्कने बताए । म स्तब्ध छु र राख्छु, नेपालको कानुनलाई पूर्ण विश्वास गर्दै सिपिएल छाडेर केही दिनमै नेपाल फर्कदै छु ।
म यो आधारहीन आरोपको सामना गर्न तयार छु । आशा छ कि कानुनले सबैलाई बराबर न्याय दिनेछू सन्दीपले लेखेका छन् । गत भदौ ५ गते सन्दीपले १७ वर्षे किशोरी क’रणी गरेको नेपाल पुलिसमा उजु’री परेको थियो । यसपछी अदालतले बिहिवार मात्रै उनलाई पक्राउ पूर्जी आदेश दिएको छ । यता, बिहिवार नै नेपाल क्रिकेट संघ क्यालले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ ।
जाहेरीदेखि अदालतको फैसलासम्ममा धेरै लामो प्रक्रियाबाट गुज्रिनुपर्छ । त्यतिञ्जेलसम्म ‘आरोपी’ को छवि धुलिसात भइसकेको हुन्छ । यदि, अन्तिम फैसलामा निर्दोष साबित भए पनि अहिले लागेको दाग सहजै पुछिँदैन । उनको क्रिकेट करिअर पनि बिथोलिइसकेको हुन्छ । यसर्थ सन्दीपका लागि यो जाहेरी नै उनको व्यवसायिक तथा निजी जीवन तहसनहस बनाउन पर्याप्त छ ।
यदि पछि निर्दोष साबित भए भने पनि करिअरमा भएको क्षति र व्यक्तिगत एवं पारिवारिक प्रतिष्ठामा पुगेको चोटको भर्पाइ सम्भव छैन । यदि कुनै पुरुषमाथि एक महिलाले यौनजन्य अपराधमा जाहेरी दिइन् भने उनको पहिचान गोप्य राख्नुपर्ने प्रावधान छ ।बलात्कारका घटनामा पीडितहरू प्रहरीसम्म पुग्न नहिचकिचाउन् र उनीहरूको इज्जतमा दाग नलागोस् भनेर कानूनले यस्तो प्रबन्ध गरेको हो ।
तर, आरोपी पुरुषका हकमा भने निजको पहिचान खुलाउन नमिल्ने कुनै कानून छैन । अझ कोही सार्वजनिक रूपमा चर्चित व्यक्तिविरुद्ध जाहेरी पर्यो भने त प्रहरी आफैँ उत्ताउलिएर मिडियावाजी गर्न तम्सिन्छ । फोटो र वास्तविक नाम नै सार्वजनिक गरिन्छ । यसलाई लिएर पनि प्रश्नहरू उठ्न थालेका छन् ।
भिडियोः