यो साता कस्तो रहला तपाईको भाग्य? भाद्र २५ देखि ३१ गतेसम्म राशिफल हेर्नुहोस्
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो हप्ता पुनर्मिलनको योग रहेको छ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइने र आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । रमणीय र सुखद् यात्राको योग छ । सुखसुविधा भोग गर्न पाइनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो सातमा रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । साताको अन्त्यमा व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । चुनौतीको सामना पनि गर्नुपर्ला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता कल्पना र भावुकतामा मन रुमल्लिने सम्भावना छ । प्रेममा बाधा आउन सक्छ । खर्च नियन्त्रणभन्दा बाहिर हुन सक्छ । निर्णायक क्षमतामा कमी आउनेछ । सोमबारबाट मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । प्रेम प्रस्ताव पनि आउन सक्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ । पुनर्मिलनको योग रहेको छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । वैदेशिक कार्य राम्रो हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागिता भइएला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता चिताएको कामले तीव्रता लिनेछ । विश्वास गरेकाले साथ दिनेछन् । धार्मिक कार्य सफल रहनेछन् । लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । रमाइलो यात्रा पनि होला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता लुकेको प्रतिभाको सहज विकास हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । सुख सुविधा भोग गर्न पाइनेछ र मन प्रसन्न रहनेछ । पारिवारिक वातावरण सुमधुर रहनेछ । आफ्नै प्रयासमा सुनिश्चित गरिएका कार्यबाट सफलता प्राप्तिको योग छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साताको सुरुका दिनमा मानसिक चिन्ता बढ्नेछ । वैदेशिक कार्यमा पनि उल्झन आउनेछ । साताको मध्यमा भने आकस्मिक यात्राको अवसर आउन सक्छ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आकस्मिक यात्राको अवसर आउन सक्छ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । साताको उत्तरार्धबाट सामान हराउने योग छ । आर्थिक कारोवारमा मन्दी पनि आउनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मिहिनेतको राम्रो नतिजा हात पर्ने छ । ससाना यात्राबाट राम्रो फल मिल्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट हुनेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । नियमित खर्च समेत बढ्ने योग छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले बिनाकारण झगडा र विवाद हुनेछ । मङ्गलवारबाट शुभकार्यको चर्चा चल्नेछ । नोकरी र व्यायसायिक जीवनमा सुधार आउनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । (अधिक जानकारीका लागि 977-9849559502)