काठमाडौं ।नेपाली कांग्रेसको प्रदेश कमिटीले पनि अफ्ताब आलमको नाम सिफारिस गर्ने तयारी गरेको छ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उनको नाम सर्वसम्मत पठाएको थियो। क्षेत्र, जिल्ला हुँदै प्रदेश समितिमा आएको उनको नाम केन्द्रमा सिफारिस गर्न लागिएको मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए। प्रदेश समितिले कांग्रेस पूर्वकोषाध्यक्ष सीता देवी यादवको नाम पनि सिफारिस गर्ने भएको छ ।
क्षेत्रीय समितिले सिफारिस गरे पनि जिल्ला समितिले यादवको नाम काटेर प्रदेशमा पठाएको थियो। यस्तै, सिराहा-४ बाट सिफारिसमा नपरेका अमरेशकुमार सिंहको नाममा रायसहित केन्द्रमा नाम पठाउन लागिएको गुप्ताले जानकारी दिए। आलम जिउँदा मान्छेलाई इँटाभट्टामा हालेको आरोपमा अहिल पुर्पक्षका लागि जेलमा रहेका छन् ।
नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा पदबहाली गरेका छन् । उनले पदबहालीका क्रममा डिजिटल हस्ताक्षर गर्दै कामको शुभारम्भ गरेका थिए । मन्त्रालयले यसअघि परिक्षण गरेर तयार पारेको डिजिटल हस्ताक्षरको औपचारिक शुरुवात समेत भएको छ । मन्त्रालयलाई अटोमेसनमा लगेसँगै डिजिटल हस्ताक्षर प्रयोगमा आएको हो ।
यस अघि उनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीमा रहेका थिए। यसका साथै शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आजैदेखि लागू हुने गरी सरकारको प्रवक्ताको समेत जिम्मेवारी मन्त्री कार्कीलाई नै दिएको छ। यसअघि पनि उनी नै वर्तमान सरकारको प्रवक्ता थिए।