ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको सघन उपचार कक्षमा उहाँको उपचार भइरहेको छ।
अस्पतालले सोमबार प्रेस विज्ञप्ति जारी गरी जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको तथा अवस्था चिन्ताजनक रहेको जनाएको छ।
आइतबारदेखि उनको छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको छ र मुटुसम्बन्धी समस्या देखा परेकाले त्यसको नियन्त्रणका लागि सघन उपचार कक्ष आईसीयूमा राखी उपचार थालिएको छ। जोशीको स्वास्थ्यमा केही सुधार देखिए पनि खतरामुक्त नरहेको अस्पतालले जनाएको छ।
आइतबार मुटुको चाल बढेपछि उनलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ। उहाँका भतिज अजरमान जोशीले स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको बताउनुभयो ।
सूचना हेर्नुहाेस्