काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ ।
आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२ रुपैयाँ ५९ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३० रुपैयाँ ३६ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १५० रुपैयाँ ४५ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ १२ पैसा र बिक्रीदर ८३ रुपैयाँ ५० पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८ रुपैयाँ ८८ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।
बिस्तृतमा हेर्नुहाेस्ः