एजेन्सी । काठमाडौंको थापाथली क्षेत्रमा पानीपुरी बिक्री गर्दै आइरहेकी लमजुङकी ३४ वर्षीया सर्मिला तामाङको ठेलालाई केही दिनअघि नगर प्रहरीले हटाइदियो ।
तामाङले आफ्नो पाखुरामा स्टिल राखिएको र अपरेशन गरी झिक्न पैसा नभएकोले ठेलामा पानीपुरी व्यापारबाटै पैसा संकलन गरी उपचार गर्ने भएकोले व्यापार गर्न दिन नगर प्रहरीसमक्ष आग्रह गरेकी थिइन्। तामाङको ठेला नगर प्रहरीले हटाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो। उक्त भिडिओ डाक्टर बुद्धिमान श्रेष्ठले पनि हेरे।
कान्तिपुर डेन्टल कलेज तथा जनरल हस्पिटलका सञ्चालकसमेत रहेका श्रेष्ठले तामाङको पाखुरामा राखेको स्टिल केडीसी अस्पताल बसुन्धारामा निकालिदिने बचन दिएका थिए। सोहीअनुसार तामाङलाई गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो। शुक्रबार उनको हातमा रहेको स्टिल निकालिएको छ । अर्थोपेडिक सर्जन डाक्टर सविन पोखरेल नेतृत्वमा रहेको चिकित्सक टोलीले तामाङको शल्यक्रिया गरेको हो।
उनको शल्यक्रिया सफल भएको र सोमबार डिस्चार्ज गरिने अस्पतालले जनाएको छ। उनको हातबाट स्टिल निकाल्न सहज अवस्था थिएन । काठमाडौ महानगरले फुटपाथका ब्यापार हटाउने अभियानमा उनको ठेला खोसेको थियो । ठेला खोस्दै गर्दा उनले महानगर संग रुँदै गुहार गर्दै गर्दाको भिडियो सामाजिक संजालमा भाइरल भएपछि उनलाई देश बिदेशबाट आर्थिक भौतिक र सामाजिक सहयोग मिल्न थाल्यो । त्यही क्रममा उनलाई लाखौं सहयोग मिलेको छ ।
त्यतिमात्र होइन उनको खुट्टामा राखेको स्टील समेत निशुल्क झिकिदिएका छन । काठमाडौंमा हजारौं फुटपाथमध्ये सर्मिला पनि एल थिइन । उनको दुख सामाजिक संजाल मार्फत सबैले देखेपछि सहयोग मिल्यो र केही राहत भयो । काठमाडौं महानगरले यो अभियान नगरेको भए उनको ठेलागाडा त केही हुने थिएन तर उनको उपचारको लागि केही ढिला भने अवश्य हुने नै थियो । यस अर्थमा उनको लागि केही राहत भएको भन्न सकिने अवस्था पनि छ ।
अर्को कुरा धरानका मेयर हर्कले सामाजिक संजाल मार्फत सहयोग गर्ने घोषणा नगरेको भए उनलाई अहिले जुन किसिमको सहयोग मिलेको छ त्यो मिल्ने थिएन । जब उनको दुख धरानका मेयरले देखेर आफ्नो एक महिनाको तलव दिने घोषण गरे त्यसपछि उनलाई लाखौं सहयोग जुटन शुरु गरेको थियो ।
महानगरले एक्सन नलगेको भए सर्मिलाको जीवन उहीँ हुने थियो र यदि हर्कले सहयोग गर्ने घोषणा नगरेको भए उनको जीवन ठूलो जोखिममा पर्ने थियो । यश अर्थमा बालेन र हर्कले गर्दा नै शर्मिला तामानगको जीवनमा अलिकति भएपनी खुसी थपिएको छ ।