भक्तपुर भत्केपाटी देखि नगरकोट सम्म जाने सडक प्रचण्डको घरबेटी शारदाप्रसाद अधिकारीले ठेक्का लिएका करिब दश बर्षमा पनि बनाएनन् । यसबीचमा कांग्रेस, एमाले र माओबादी तीनै पार्टीको सरकार बने।
संसदीय समिती धेरै पटक अनुगमनमा आयो,भौतिक योजना मन्त्री पनि धेरै पटक आए र सडक केही महिनामै सम्पन्न हुने बताएर गए।हालका कांग्रेसबाट चुनाब जितेर प्रदेशका भौतिक योजना मन्त्री कृष्णलाल भडेलले ४५ दिनभित्रै सडक सम्पन्न गर्ने बाचा गरेका थिए।उनी यो सडक बनाईदिन पर्यो भनेर रोइकराई गर्न प्रचण्डकोमा पुगे।तर, प्रचण्ड ठेकेदारले उनको कुरा के सुन्थे र?
जागीर,ब्यापार-ब्यबसाय लगायतका कुरामा हामीलाई काठमाण्डौं नपुगी हुन्न।हाम्रो मुख्य बजार र प्रशासनिक कामको लागी यहि सडक भएर ओहरदोहर गर्न पर्छ।हाम्रो लागी करिब ४ किलोमिटरको बाटो ३४ किलोमिटर झैं कष्टकर छ।सडकमा लाखौं सानाठूला खाडल छन्।धुँलो उडेर आँखै देखिदैन।
सडक छेउछाउ घर भएकालाई अहिले यो धुँलो अभिषाप बनेको छ।धुँलोको कारण श्वासप्रश्वास,एलर्जी,आँखा,फोक्सो र छाती लगायत र क्यान्सर जस्ता प्राणघातक रोग समेत लाग्न सक्छ।
साथीहरु यहि धुँवा खाएर बसिरहेका छन्।यहि कष्टकर सडक प्रयोग गर्छन्।आफ्ना सन्तान र अभिभावक र स्वयं आफू समेत बिरामी भएका छन्।तैपनी,कांग्रेस,एमाले र माओबादी जिताउँन दिनरात हिड्छन्।तिनीहरुलाई नेता जिताउँन र सत्तामा पुर्याउँन पाए भयो त ? आफ्नो र आफ्नो परिवार गाउँ-समाजको माया नलाग्ने रहेछ ? यहि धुलोको कारण आफ्ना बच्चाहरु बिरामी हुन्छन्।सानैदेखी स्वास्थ्य बिग्रिरहेको छ भन्ने चेतना नहुने रछ ?
यो सडक नबनाउँनेमा मुख्यतःकांग्रेस माओबादीको ठूलो हात छ।किनकी अहिले उनीहरुकै सरकार छ भने शारदाप्रसाद अधिकारीको आवारणमा प्रचण्ड स्वयं यो सडकको ठेकेदार हुन्।अनि महेश बस्नेत यहि भक्तपुर जिल्लाका हुन्।भलै उनको निर्वाचन क्षेत्र फरक छ।उनी पनि धेरै पटक यो सडक अनुगमनको लागी आए।नेपालको इतिहासकै शक्तिशाली प्रधानमन्त्री हुँदा समेत ओली सरकारले यो सडक बनाउँन बेवास्ता गर्यो।
अहिले प्रचण्ड गोर्खालाई धुँलोमुक्त बनाउँछु भन्दैछन् । हाम्रो सडक ठेक्कामा लिएर दश बर्षसम्म धुँलो खुवाएका छन्। गोर्खालाई धुँलोमुक्त बनाउँछु भन्दा विश्वास गर्ने त गोर्खाली दाजुभाई ? प्रचण्ड तपाईंको जिल्लामा अभिषापको रुपमा भित्रिदै छ।हामीलाई रुवाएको दश बर्ष भईसक्यो।अब तपाईंहरुलाई रुवाउँन आएको ह
यो सडक उपभोग गर्ने अनि कांग्रेस,एमाले र माओबादीलाई जिताउँन पर्छ भन्दै खटिने मेरो साथी, आफन्तहरुलाई तपाईंहरुको चेतना, सुझबुझको लागि तेत्तिस तोपको सलामी। नेपाल आमाका सपूत तपाईंहरु नै हो।
लेखकः राम ढुङ्गाना । सामाजिक सञ्जालबाट ।