समय सान्दर्भिक मेरो छोटो कविता
कविता
शीर्षक: “मेरो मातृभूमिको मानचित्र”
मेरो मातृभूमिको आकाश अनि धर्ती चिरा- चिरा हुँदै गईरहेको छ!
मेरो मुटुभित्र एउटा शंका पलाउन थालेको छ!
किन होला कुन्नि ?
यतिबेला मेरो मन मातृभूमिको मायाले छटपटिरहेछ!
त्यसैले
यतिबेला मेरो मातृभूमिको मानचित्रलाई मैले छातीभित्र लुकाएर राखेकी छु!
मेरो मातृभूमिका भिमसेन, बलभद्र, भक्ति थापा अनि
वीर शहीदहरु
एकपल्ट फेरि यो जुझारुपुर्ण स्वतन्त्र संग्राममा अटल उदेश्य लिएर लडन जन्मदैं छन!
हाम्रो मातृभूमिमाथि पटक- पटक नराम्रो नियतले बलात्कार गर्ने षड्यन्त्रकारीहरुलाई बदला लिएरैं छोड्ने छन् !
हाम्रो देश नेपाल सगरमाथा जस्तै उच्च भावनाले ओतप्रोत भएका सच्चा नेपालीहरुका लागि मात्र हो।
त्यसैले होशियार !
हाम्रो मातृभूमिको सिमाना अनि इतिहास मेटिन नदेऔं!
मातृभूमिको मानचित्रलाई एकपल्ट मुटुभित्र राखेर राम्ररी सोचौं।
कमला प्रसाईं, हाल अमेरिका