काठमाडौं– प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर अन्य १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ।
प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप बुधबार बिहान करिब १ बजेतिर प्युठान नगरपालिका–५ कुडापानीको घुम्तीमा दुर्घटना भएको हो। मृत्यु हुनेमा प्युठान गनरपालिका–५ पातलकटेरीका ४४ वर्षीय थापा, उनकी श्रीमती ४३ वर्षीय जुनकी थापा र सोही गाउँकी ५३ वर्षीया महिमा घर्ती छन्।
दुर्घटनामा परी घाइते हुनेमा प्युठान नगरपालिका–५ का ५० वर्षीया फागुनी खत्री, ५० वर्षीया गोरी घर्ती, १९ वर्षीया बिरी कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीया निमा खत्री, ३० वर्षीया जुठी महरा, १८ वर्षीया कुमारी महरा छन्। यस्तै, ४१ वर्षीया नखी महरा, ४७ वर्षीया गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका पनि घाइते भएका छन्।
जिपका चालक प्युठान नगरपालिका– ९ का २३ वर्षीय बिनोद केएम सामान्य घाइते भएका प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएकाहरुको बिजुवार अस्पतालमा उपचार भइरहेको छ। गम्भीर ६ जनालाई बुटवल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक (इन्सपेक्टर) सुशील थापामगरले जानकारी दिए।