लमजुङमा माओवादी केन्द्रका उम्मेदवार देव गुरुङलाई पछि पार्दै एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अग्रता हासिल गरेका छन् ।
कोलासोथर गाँउपालिका र दुधपोखरी गाँउपालिको गरि ४९०४ मत गणना हुँदा एमालेका पृथ्वी सुब्बा गुरुङले २५०८ मत पाएका छन् । माओवादीका देवप्रसाद गुरुङले २०८७ मत पाएका छन् ।
रुपन्देही–२ मा एमालेका विष्णु पौडेल पछाडि
रुपन्देही क्षेत्र नम्बर २ को मतगणनाको सुरुवाती चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । राति ८ः२० बजेसम्म ३ हजार २० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेले एक हजार ९६ मत पाएका छन् भने विष्णु पौडेलले ९६४ मत पाएका छन् ।
गठबन्धनका केशवबहादुर थापाले ७ सय ३२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा एक सय ३१ मतदान केन्द्रबाट ८१ हजार दुई सय दुई मत खसेको छ ।