मंसिर, चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् ।
लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।
चितवन ३ मा राप्रपाका विक्रम पाण्डे अगाडि
चितवन क्षेत्र नम्बर ३ मा राप्रपा विक्रम पाण्डेले अग्रता कायम गरेका छन् । उनलाई नेकपा माओवादी केन्द्रका भोजराज अधिकारीले पन्छाइरहेका छन् ।
पाण्डेले ४७७८ ल्याउँदा अधिकारीले ३८२७ मत प्राप्त गरेका छन् । यस्तै दिनेश कोइरालाले ३१७५ मत प्राप्त गर्दा जिता बरालले ४००० मत ल्याएका छन् ।