चितवन क्षेत्र नम्बर २(१) मा गठबन्धनका उम्मेदवारलाई १२४० मतान्तरले पराजित गर्दै एमालेका कृष्ण सिलवाल विजयी भएका छन्।
उनले १६ हजार ५ सय मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकातर्फबाट माओवादी केन्द्रका घनश्याम दाहालले १५ हजार २ सय ६० मत प्राप्त गरेका छन्। यो क्षेत्रमा ४३ हजार ९७ मत गणना भएको थियो।
कर्णाली प्रदेश सभा सदस्य जिते एमालेका शाहले
नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले दैलेख-२ (ख) बाट प्रदेश सभा सदस्यमा जित हात पारेका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका योगेन्द्र शाहीलाई ८४ मतले पछि पार्दै उनी प्रदेश सभा सदस्य बनेका हुन्।
शाहले ९ हजार ४६४ मत पाएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका शाहीले ९ हजार ३८१ मत पाएका छन्।प्रदेश सभा सदस्यमा निर्वाचित शाह २०५१ सालमा नेपाल मजदुर किसान पार्टीबाट सांसद बनेका थिए।
उनी त्यसबेला राज्यमन्त्रीसमेत बनेका थिए।