अर्घाखाँची / अर्घाखाँचीमा एक महिलाले घाँटी थिचेर श्रीमानकाे हत्या गरेकाे अाराेपमा पक्राउ परेकी छन् । अर्घाखाँची छत्रदेव गाउँपालिका–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले कम्मरमा बाँधेको पटुका निकालेर श्रीमानको घाँटी थिचेर हत्या गरेकी प्रहरीले जनाएकाे छ ।
उनका श्रीमान बलबहादुर संग घरायसी झगडा हुँदा बलबहादुरले श्रीमतीलाई कुटपिट गरेकाे र रिशकाे झाेकमा श्रीमानकाे हत्या गरी घरको दोस्रो तलाको दलिनमा झुन्डाएर आफ्नो श्रीमानलाई मारेको बयान दिएकी छिन्।
बहुविवाह गरेका समानुपातिक सूचीका सांसदलाई सर्वाेच्चले झिकायो
काठमाडौँ, २७ मंसिर । सर्वाेच्च अदालतले बहुविवाहको अभियोग लागेका समानुपातिकको सूचीमा रहेका प्रतिनिधि सभा र प्रदेश सभाका प्रस्तावित सांसदलाई कारबाही हुनुपर्ने आधार र कारण भए प्रमाणसहित उपस्थित हुन आदेश दिएको छ ।
अन्तरिम आदेशको लागि विपक्षीलाई छलफलमा झिकाउने आदेश गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासबाट बहुविवाहमा सजाय हुनुपर्ने आधार र कारण पेश गर्न आदेश भएको हो ।
अधिवक्ताहरू अनन्तराज लुईटेल, नीतिका ढुंगाना, विशालकुमार उपाध्याय र केदार लुईटेलले बहुविवाहको कसुरदातालाई सांसद बनाउँदा कानुनको शासनको धज्जी उडाउने काम भएको दाबी गर्दै राजनीतिक आपराधिक संलग्नता रोक्नका लागि अन्तरिम आदेश जारी गर्न आग्रह गरेका थिए ।