एजेन्सी । अमेरिकी आकाशमा उडिरहेको एउटा विमानमा झट्काका कारण ३६ यात्री घाइते भएका छन् । तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
हवाइयन एयरलाइन्सको विमान फिनिक्सबाट होनुलुलुतर्फ जाँदै गरेको अवस्थामा अचानक झट्का लागेको बताइएको छ । विमानमा २७८ यात्री र १० जना चालक दलका सदस्य सवार थिए ।
विमान अवतरण गर्नु केही अघि नराम्रो झट्का लागेको बताइएको छ । झट्काबाट घाइते भएका २० जनालाई अस्पताल लगिएको छ । उनीहरुको शरीरको विभिन्न भागमा चोट लागेको जनाइएको छ ।
अस्पताल लगिएकाहरुमा १७ यात्री र तीन चालक दलका सदस्य छन् । समाचार एजेन्सीहरुका अनुसार विमानमा झट्का लागेकै समयमा सो क्षेत्रमा चट्याङ परेको थियो । सोही कारण विमानमा झट्का लागेको अनुमान गरिएको छ ।
समाचार रातोपाटी डटकममा प्रकासित गरिएकाे छ ।