काठमाडौं । अफगानिस्तानमा तालिवान सरकारले महिलाहरुलाई विश्वविद्यालयको पठन-पाठनबाट वञ्चित गरेको छ । तालिवान सरकारकले एक सूचना जारी गर्दै महिलाहरुका लागि विश्वविद्यालय बन्द हुने घोषणा गरेको हो ।
तालिवानको यस्तो उर्दीले अफगान महिलाहरू उच्च शिक्षाबाट वञ्चित हुने भएका छन् । यसअघि विभिन्न विषय अध्ययन अध्यापननमा प्रतिबन्ध लगाएको तालिवान सरकारले अन्ततः महिलाहरुका लागि विश्वविद्यालयल नै बन्द गर्ने घोषणा गरेको हो ।
तालिवानको निर्णयको विश्वविद्यालयका महिलाहरुले भने विरोध जनाएका छन् । आफूहरुको भविष्य नष्ट गरेको भन्दै उनीहरुले तालिवान सरकारको ब्यापक आलोचना गरेका छन् । ३ महिनाअघि अफगानिस्तानका हजाारौं छात्राहरूले विश्वविद्यालय प्रवेशका लागि परीक्षा समेत दिएका थिए ।
तालिवानले कब्जा गरेपछि अफगानिस्तानको शिक्षा क्षेत्र नराम्ररी प्रभावित भएको छ ।