काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन पक्राउ परेको छ ।
शुक्रबार दुबईबाट २ः१५ बजे काठमाडौं अवतरण गरेका सुडानका नागिरकबाट १९ किलो सुनसहित परेका हुन । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अम्बिका खनालले आर्थिकन्युज डटकमलाई सुडानका नागरिक पक्राउ परेको जानकारी दिए । आरोपी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् ।
भन्सार कार्यालयका प्रमुखका अनुसार अर्थ ठोस पदार्थ बनाएर ल्याइएको करिब १९ केजी भएको र सोमबार परिक्षाणमा पठाइने बताए । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको हो ।
पाँच महिनाको अवधिमा विदेशमा उच्च शिक्षा आर्जन गर्न चाहने ३८ हजार ६१ जनाले ‘नो अब्जेक्सन लेटर (एनओसी)’ लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको यो तथ्याङ्कले विशेष गरी युवापुस्ता मुलुकमा टिक्न नसकेको डरलाग्दो अवस्थाको चित्रण गरेको छ ।
स्वदेशी शिक्षाको प्रवर्धनका लागि सरकार तथा निजी क्षेत्रबाट स्थानीय स्तरमै विभिन्न अभियान सञ्चालन गरिएको भए पनि प्रभावकारी हुनसकेको छैन ।