सत्तारूढ दल जनमत पार्टीका अध्यक्ष डा. सिके राउत काठमाडौंमा डेरा खोज्न थालेका छन्।
काठमाडौंमा कोठा पाउनै गाह्रो भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आज पनि आफू कोठा खोज्न जान लागेको बताएका छन्।
गएको मंसिर ४ गते भएको निर्वाचनमा प्रतिनिधिसभातर्फ ६ सिट प्राप्त गरेको जनमतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एक मन्त्री पठाएको छ।
‘काठमाडौं बस्न डेरा–घर खोज्नै गार्हो, आज पनि जाँदैछु, बरू काठमाडौं भएको बेला एकान्तमा यस्तै डाँडाकाँडातिर बसौंबसौं लाग्ने कस्ता रमणीय र ध्यान लाग्ने ठाउँहरू,’ उनले भक्तपुरको घ्याम्पेडाँडस्थित पाइलट बाबा जाँदाको तस्बिर सेयर गर्दै लेखेका छन्।
यता हेर्नुस्ः
शुभप्रभात !🙏काठमाडौं बस्न डेरा/घर खोज्नै गार्हो, आज पनि जाँदैछु। बरू काठमाडौं भएको बेला एकान्तमा यस्तै #डाँडाकाँडातिर बसौंबसौं लाग्ने – कस्ता रमणीय र ध्यान लाग्ने ठाउँहरू। घ्याम्पे डाँडास्थित #पाइलटबाबा आश्रम गत शनिबार जाँदाको तस्वीर। pic.twitter.com/r4RZGO9q4Z
— Dr. CK Raut (@drckraut) December 27, 2022