कास्की । विमान दुर्घटनास्थलबाट दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । यसरी उद्धार हुनेमा सेती खोँचमा माछा मार्न गएका व्यक्ति भएको खुलेको छ ।
यती एअरको विमान दुर्घटनास्थलबाट २ जनाको जिवितै उद्धार गरिएको यी २ जना बारे कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त बरालले दुई जनाको जिवितै उद्धार गरिएको बताए।
जिवितै उद्धार गरिएका दुई जनालाई उपचारका लागि गण्डकी अस्पतालमा पठाइएको छ। यसरी उद्धार हुनेमा सेती खोँचमा माछा मार्न गएका व्यक्ति भएको खुलेको छ।
प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार उनीहरु विमान दुर्घटना हुनुअघि उक्त क्षेत्रमा माछा मारिरहेका थिए । र्घनास्थलबाट उद्धार भएका दुई जीवित माछा मार्ने गएकाहरू भएको पुष्टि भएको छ ।
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको एन ९–एएनसी एटीआर–७२ को जहाज पोखराको नयाँ विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो।