काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयनको सम्भावना नटरेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उहाँले ‘राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ, त्यस्तो हुन सक्छ।’
उहाँले संसद्मा कांग्रेसले उच्चस्तरीय संयन्त्र बनाएको विषयमा विरोध गरेको भन्दै त्यस्तो अभ्यास पनि कांग्रेसले नै सुरू गरेको बताउनु भयाे ।
यो पनिः रधानमन्त्री दाहालले भने– सहमतिमै राष्ट्रपति चयन भए हुन्थ्यो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सहमतिमै राष्ट्रपति चयन भए हुन्थ्यो भन्ने चाहेको बताउनु भएकाे छ ।
प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा बिहीबार प्रधानमन्त्री दाहालले यस्ताे बताउनु भएकाे हाे । उहाँले भन्नुभयाे,’सभामुख र उपसभामुखमा निर्वाचन हुने अवस्था भए पनि राष्ट्रपति र उपराष्ट्रपतिमा भने सहमतिको प्रयास हुन्छ।’