काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सोविता गौतमलाई उपसभामुख बनाउने तयारी गरिएको छ । सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको हो ।
‘उपभामुख हाम्रो पार्टीबाट बनाउने फिक्स भइसकेको छ’ रास्वपाका एक नेताले भने, ‘कसलाई बनाउने भन्ने विषयमा पात्र टुंगो लागेको छैन । हामीले भोलिसम्म फाइनल गछौं ।’
कानुनका विषयमा जानकार भएकाले गौतमलाई नै उपसभामुख बनाउनपर्ने मत बलियो हुँदै आएको छ । शुक्रबार रास्वपाले आधिकारिक निर्णय गरेर सार्वर्जनिक गर्ने तयारी गरेको छ । गौतम काठमाडौं २ बाट प्रत्यक्ष निर्वाचित भएकी हुुन् ।
यो पनि हेर्नुस्ः विमान दुर्घटनापछि यात्रु घटे…
चितवन । माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव चितवनमा पनि परेको छ । पोखरामा जहाज दुर्घटना भएसँगै हवाई यात्रा गर्नेको सङ्ख्या घटेको हो ।
भरतपुर नागरिक उड्ययन कार्यालयका अनुसार माघ १ देखि भरतपुरबाट काठमाडौँ जाने र आउनेको सङ्ख्या घट्दै गएको हो । कार्यालयका निमित्त प्रमुख दीपक विकेका अनुसार पुस २८ मा दुई सय ६० जना, पुस २९ मा तीन सय २५ जना, पुस ३० मा दुई सय ६० जना भरतपुरबाट हवाई मार्ग हुँदै काठमाडौँ गएका थिए । माघ १ मा खराब मौसमका कारण उडान हुन सकेको थिएन ।