विगतको वर्ष जस्तै यस वर्ष पनि श्री जनजागरण युवा क्लब को १३ औं वार्षिकोत्सब तथा प्रजातन्त्र दिवसको अवसर पारेर यहीँ फागुन ७ गते देखि ११ गतेसम्म साविक वडा स्तरीय सिनियर पुरुष भलिबल प्रतियोगिता गराउने भएकाे छ ।
बिगतमा जस्तै प्रजातन्त्रकाे दिन पारेर हरिनास ६ गैराखोलामा साविक वडा स्तरीय सिनियर पुरूष भलिबल प्रतियोगिता हुने भएको जानकारी क्लवका अध्यक्ष श्री रमेश मानन्धरले बताउनु भएकाे हाे ।
विगत १३ वर्ष अगाडि देखि निरन्तर रुपमा खेलाउदै आएको भलिबल प्रतियोगिता यसपाली पनि फागुन ७ बाटै सुरु हुने कुरा क्लबका संस्थापक अध्यक्ष मानन्धरले जानकारी दिनुभयो । खेलमा टिम कोच सहित ९ जना हुनुपर्ने छ। खेलमा जर्सि अनिवार्य लगाउनुपर्ने छ।
उक्त प्रतियोगिताकाे अवधिमा खेलमा खेलाडीहरू बीच विवाद आएमा आयोजक को निर्यण नै अन्तिम हुनेछ । खेलाडीले आफ्नो परिचय खुल्ने नागरिताको प्रमाणपत्र वा जन्म दर्ताको प्रमाणपत्र बोक्नु पर्ने कुरा संस्थापक अध्यक्ष मानन्धरले जानकारी दिनुभयो ।
यस भलिबल प्रतियोगिताकोप्रथम पुरुस्कार रु. ५११११, दृतिया पुरुस्कार रू. ३११११, तृतीया पुरुस्कार रू. १६१११ रहेको छ भने हरेक टीमबाट प्रवेश शुल्क स्वरूप रू. ३००० राखिएको छ । टाढाबाट आउने खेलाडीलाई खान बस्नको वेवस्था रहेको कुरा मानन्धरले जानदिनु भयो ।