काठमाडौं । छक्का पन्जा ४ को ट्रेलर सार्वजनिक भएसंगै बाबुल गिरी र शंकर अधिकारी ‘घायल’को ‘सिरुपाते जुङ्गामा दाहिने हातको ताउ’ बोलको गीत पनि बजारमा आउनु अगाडि नै स्रोताहरुको माग ह्वात्तै बढेको छ ।
छक्का पन्जा ४ को ट्रेलरमा १ मिनेत ५६ सेकेन्ड देखि सुरुभएको गी कहिले आउँछ भन्दै कमेन्ट गर्नेहरुको संख्या बढ्दै जान थालेको छ ।
दिपक दिपाको मुभी छक्का पन्जाको ट्रेलर सार्वजनिक भए पछि शंकर अधिकारी घायलको रचना बाबुल गिरीको स्वर संगीत र एरेन्ज रहेको सिरुपाते जुङामा दाहिने हातको ताउ बोल रहेको गीतको माग बढेको हो ।
हेमराज बिसिले निर्देशन गरेको उक्त मुभी फाल्गुन १९ मा रिलिज हुँदैछ।