स्याङ्गा । सामाजिक विकासका लागि सहयोगी हातहरुद्वारा माध्यामिक बिद्यालय स्तरिय हाजिर जवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो ।
हरिनास ६, दग्दीको पीताम्बर उच्च माध्यामिक बिद्यालयमा संचालित अन्तर मा. वि. हाजिरीजवाफ प्रतियोगितामा सर्वाधिक अंक १९ सहित श्री जनप्रिय माध्यमिक विद्यालय बिरुवा -६, चिन्नेवास प्रथम, १७ अंक सहित श्री महिमा मा. वि. हरिनास-२, चिसापानी द्वितीय र १५ अंक प्राप्त गरि श्री जनकल्याण मा. वि. हरिनासले तृतीय स्थान हासिल गर्न सफल भएको छ ।
प्रथम , द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यालय हरुले क्रमश १२०००/- नगद शिल र प्रमाणपत्र , ९०००/- शिल र प्रमाणपत्र रु ६०००/- नगद शिल्ड र प्रमाणपत्र तथा विद्यार्थी हरुले साथमा मेडल र प्रमाणपत्र समेत हात पारे।
उक्त कार्यक्रममा ८ वटा माध्यमिक विद्यालयहरु सहभागी भएका थिए । सहभागी सबै विद्यालय हरुलाई खाजा तथा यातायात बापत रु.२०००/- संस्था को तर्फबाट छुट्टै ब्यवस्थापन समेत गरेका थिए ।भने रु.५००/- का दरले सहभागी विद्यालय सङ्ग दर्ता शुल्क लिइएको थियो ।
तस्विरहरूः


तस्विर तथा समाचार शिव मानन्धर ज्यूको फेसबुकबाट ।






















