स्याङ्ग्जा । विगतमा जस्तै यस वर्ष पनि प्रजातन्त्र दिवसको अवसर पारेर जनजागरण युवा क्लब गैराखोलाले फागुन ७ गतेदेखि खेलाइएको भलिबल खेल फागुन १२ गते समापन भएको छ । फागुन ११ गते समापन गर्ने गरि उप्त खेल गाउँमा दुःखद घटना घटेका कारण १ दिन लम्ब्याईएको थियो ।
हरिनास गाउँ पालिका अध्यक्ष खिम नारायण मानन्धरको प्रमुख अथिमा समपन्न भएको कार्यक्रममा बिशेष उपस्थिति हरिनास ३ का वडा अध्यक्ष ओम सिग्देल, वडा नम्बर २ का पूर्व अध्यक्ष पर्शुराम सिग्देल र वडा नम्बर ६ का अध्यक्ष दिल बहादुर राना रहेका थियो ।
अथितिमा हरिनास गाउँ कार्यपालिका सदस्य दोल बहादुर गोतामे ,पूर्व कार्यपालिका सदस्य महेन्द्र गोतामे ,हरिनास गाउँ प्रहरी प्रमुख बिनोद थापा डुम नारायण मानन्धर ,सु- ओम नारायण मानन्धर, लेख नारायण मानन्धर रहेका कुरा क्लबका पूर्व अध्यक्ष रमेश मानन्धर ले जानकारी दिनु भएको थियो ।सभापति नेत्र नारायण मानन्धरले गर्नुभएको थियो ।
कार्यक्रम मा बोल्दै अोम सिग्देल ले भन्नू भयो हरेक वर्ष गैराखोलामा यसरी नै भलिबल खेल राखेको देख्दा र हरिनासको १ मात्र गहनाको रुपमा स्याङ्जा मात्र होइन पाल्पा तनहुँ नवलपरासी जताततै जितेर हरिनासको नाम राखेर अाउदा खुसि लाग्छ । तर अब यो क्लबले भलिबल मा मात्र सक्रिय नभई अरु सामाजिक काममा पनि सक्रिय भएको देख्न पाए झनै खुसि हुने थिए भन्नू भयो ।
कार्यक्रममा प्रमुख अथिति खिम नारायण मानन्धरले भन्नू भयो म स्थानीय सरकार प्रमुखको नाताले यश क्लबलाई अार्थिक भौतिक नैतिक के सहयोग गर्नु पर्छ तत्पर रहेको जानकारी दिनु भयो । प्रथम रु ५११११ ,दृतिया ३११११ ,तृतीय १६१११ रहेको थियोे । १० टिम सहभागी रहेको उप्त खेलमा क्रमशः गैराखोला, गिरेकोट र काम्तिले प्रथम दृतिया र तृतीय स्थान हात पारेका थिए।
प्रथम पुरस्कार माया कुमारी मानन्धर ,दृतिया रेनु थापा र तृतीय सोवि कुमारी मानन्धरले प्रयोजन गर्नुभएको थियोे । विधा तर्फ वेस्ट सेटर भोज नारायण मानन्धर ,वेस्ट स्पाइकर सनु मानन्धर ,वेस्ट बलकर संगम मानन्धर वेस्ट डिफेन्डर अशोक मानन्धर वेस्ट क्वीकर ललित ठकुरी ,सर्वकृस्ट खेलाडी शुरेस मानन्धर ,अनुसाशित खेलाडी जीवन मानन्धर रहेको थियोे ।
कार्यक्रम संचालन संगम शाही ठकुरीले गर्नु भएको थियोे भने समापन क्लबका अध्यक्ष धन बहादुर नेवार गर्नु भएको थियो कार्यक्रममा सबै बिजेता खेलाडी तथा सहयोगी दातालाई खादा अविर र मायाको चिनोले सम्मान गरेका कुरा रमेश मानन्धरले जानकारी दिनु भयो ।
केहि तस्विरहरूः