ताप्लेजुङ, १८ फागुन । ताप्लेजुङ केन्द्र बनाएर भूकम्प गएको छ । बुधबार साँझ ५ः४२ बजे ताप्लेजुङ केन्द्र बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पविद् भरत कोइरालाका अनुसार उक्त गएको नयाँ भूकम्प रहेको र परकम्प नभएको जनाएको छ । त्यसअघि फागुन १० गते बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । फागुन १ गते ताप्लेजुङ केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
दरबन्दी छ, स्वास्थ्यकर्मी छैनन्
गुल्मी । जिल्ला कारागार गुल्मीमा सिनियर अहेब दरबन्दी भए पनि दुई वर्षदेखि सो दरबन्दीमा स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ ।
लामो समयदेखि स्वास्थ्यकर्मीका रूपमा कार्यरत प्रकाशचन्द्र घिमिरे स्वास्थ्य मन्त्रालयमा काजमा रहँदा कैदीबन्दीका स्वास्थ्य समस्यासँगै कारागारसमेत संकटमा परेको छ । घिमिरे २०७७ जेठदेखि स्वास्थ्य मन्त्रालयमा छन् । जसले गर्दा कारागारका कैदीबन्दीलाई समस्या भएको हो ।
कारागारका सूचना अधिकारी सीता भण्डारीका अनुसार सुरक्षकर्मीको सहयोगमा कैदीलाई अस्पतालसम्म लैजाने र ल्याउने गरिन्छ । यससम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले काजमा रहेका स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने र नआए करारमा भए पनि स्वास्थ्यकर्मी नियुक्त गर्ने प्रतिक्रिया दिए ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।