पोखरा । सामाजिक सञ्जालबाट आफू हिं:सामा परेको भन्दै भिडियो सार्वजनिक गरेर पोखराकी एक १५ वर्षीय किशोरीले साथ मागेकी छिन्।
यतिबेला नेपाली समाजमा यस्ता घटना घट्ने क्रम बढ्दो छ । नेपाली समाज यस्ता घटनाबाट जोगाउन भन्दा बढि घटाउन तिर उत्प्ररित भएको हो कि जस्तो लाग्दैछ । खास किन यस्ता घटनाहरू बढिरहेको छ नेपालमा, यो गंभिर प्रश्न बनेको छ ।
टिकटक युजर आईडी ‘सुरक्षा थापा’ बाट भिडियो पोस्ट गर्दै किशोरीले घ,टना सार्वजनिक गर्दै सहयोगको याचना गरेकी हुन्। ती किशोरीले आफूलाई मामाघरको भाइले संवेदनशील अङ्गमा समाउने र जिस्काउने गर्दै आएको उल्लेख गरेकी छिन्।
सोही कारण मानसिक तनावमा परेको र परिवारको साथ पनि नपाएको बताएकी छिन्। आफ्नो कुरा घरमा कसैले नसुन्ने र मामाले पनि ज्या,न मार्ने धम्की दिएको पी;डितको आरोप छ।
किशोरीको भिडियो सेयर गर्दै सामाजिक सञ्जाल प्रयोग कर्ताहरूले प्रहरीलाई अनु:सन्धान गरेर दोषीलाई कार बाही गर्न तीव्र दबाब दिएका छन्।,






















