क्यानडाको ओन्टारियो प्रान्तमा बुधबार रिचमण्ड हिलमा रहेको महात्मा गान्धीको प्रतिमामा केही अपमानजनकहरूले तोडफोड गरेको र यसको खबर पाउने बितिकौ भारतले घटनाप्रति चिन्ता व्यक्त गर्दै घटनाको छानबिन गर्न पनि माग गरेको र योर्क प्रहरीले घटनालाई घृणित अपराधको रूपमा वर्णन गरेको छ ।
टोरन्टोस्थित भारतीय दूतावासले यस घटनामा भनेको छ– “रिचमण्ड हिलको विष्णु मन्दिरमा रहेको महात्मा गान्धीको प्रतिमा भत्काउँदा हामी विचलित भएका छौं । घटनाले क्यानडामा रहेका भारतीय समुदायको भावनामा चोट पुगेको छ । हामी यस विषयमा अनुसन्धान गर्न अधिकारीहरूसँग सम्पर्कमा छौं “।
प्ररहरी प्रवक्ता एमी बोउड्रेउले केही अपमानजनकले ‘बलात्कारी’ र ‘खलिस्तान’ जस्ता शब्द लेखेर मूर्तिमा क्षति पुर्याएको बताए । योर्क पुलिस कुनै पनि रूप मा घृणा अपराध सहने छैन र जात, राष्ट्रियता, जातीय उत्पत्ति, भाषा, रंग, धर्म, उमेर, लिङ्गका आधारमा अरुलाई दुव्र्यवहार गर्ने व्यक्तिलाई कारबाही गरिनेछ ।
५ महिनाअघि पनि ग्रेटर टोरन्टो एरियामा हिन्दू मन्दिरमा तोडफोड र लुटपाट भएको थियो र १० दिनमा ६ मन्दिरलाई निशाना बनाएको छ ।
सामान्यतया क्यानडामा यस्ता घटना घट्दैनन् तर पछिल्ला केही समय यता दोहोरिन थालेका छन् ।