काठमाडौं । टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तित्वको सर्वेक्षणमा चर्चित अभिनेता शाहरुख खान शीर्ष स्थानमा परेका छन् ।
यस पोलमा उनले फुटबलर लियोनल मेस्सी, बेलायतका राजकुमार ह्यारी र राजकुमारी मेघन मर्कल, ओस्कार विजेता मिशेल योह, मेटाका सीईओ मार्क जुकरबर्ग जस्ता व्यक्तित्वलाई पराजित गरेका छन् ।
टाइम म्यागजिनले यस वर्षका सबैभन्दा प्रभावशाली व्यक्तित्वहरूको वार्षिक सूची तयार गर्न आफ्ना पाठकहरू बीच यो सर्वेक्षण गरेको थियो।
यस निर्वाचनमा उनले कुल १२ लाख मतमध्ये चार प्रतिशत मत पाएका थिए ।
शाहरुख खानको हालै आएको फिल्म ‘पठान’ निकै हिट भएको थियो । यसले अहिलेसम्म १ हजार करोडभन्दा बढी कमाइसकेको छ ।