काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको अडा आलोचना गरेका छन् । उनले पूर्वराजासँग पुरानो हिसाब किताब धेरै रहेको तर आफूहरुले नगरेर त्यसै छाडेको भन्दै कटाक्ष गरे ।
झापामा आफूमाथि आक्रमण हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको ओलीले दाबी गरे । इलाममा बिहीबार आयोजित कार्यक्रममा ओलीले आक्रोश पोख्दै भने, ‘ज्ञानेन्द्र शाह उसको परिवार । उनको बुहारी जान्ने भएर जनताले ढुंगा होनेको देखिन् । ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हान्यो रे ।
मैले यसको जवाफ दिनु नपरोस् बर्ता फरफुर नगर । बर्ता फुरफुर गने होइन । हामीले हिसाब कितान नगरेरै छाडेका छौँ । हाम्रा मान्छे गोली हानेर मार्दा छाडेका छौँ । अनेक हिसाबकिताव गरेका छौनौँ । हिसाव किताब गर्न सुरु गर्न नपरोस् । छोराबुहारी अगाडि सारेर फुरफुर नगर !’
ओलीले यस्तो दाबी गरेपनि हिमानीको नामको ट्वीटर फेक भएको उनको सचिवालयले बताउँदै आएको छ । ओलीले प्रदेश १ को नाम कोशी नामकरण हुनु सही भएको पनि जिकिर गरे । सबैको साझा होस् भनेर कोशी प्रदेश नामकरण गरिएको उनको भनाइ थियो ।
तर यही विषयलाई उचालेर आफूमाथि आक्रामण प्रयास हुनु अराजनीतिक, उदण्ड र आतंकको नमुना भएको ओलीले टिप्पणी गरे ।