काठमाडौ । प्रहरीले दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका-२ घर भई हाल काठमाडौंमहानगरपालिका-२६ सामाखुसी बस्ने २७ वर्षीय सञ्जय रेग्मी रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशि रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
उनले रोजगारीका लागि दुबई पठाइदिने भन्दै पीडितसँग ३५ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।