काठमाडौं । थाइल्याण्ड पठाइदिन्छु भन्दै ठगेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको बालुवा घर भइ काठमाडौंको टोखा बस्ने वर्ष ३१ को नन्दलाल महतो रहेका प्रहरीले जनाएको छ ।
उनले भीमबहादुर बुढालाई वैदेशिक रोजगारीको लागि थाइल्याण्ड पठाईदिन्छु भन्दै साढे ३ लाख रुपैयाँ ठगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनको आरोप छ ।
कार्यालयका सुचना अधिकृत तथा प्रहरी उपरीक्षक सोमेन्द्र सिहं राठौरका अनुसार उनले थाइल्याण्ड जानका लागि साढे ३ लाख रुपैयाँ लाग्छ र थाइल्याण्डमा मासिक १ लाख भन्दा बढी तलव हुन् भन्ने प्रलोभन देखाइ बुढासँगबाट साढे ३ लाख रुपैयाँ ठगेर वेपत्ता भएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो ।
त्यही उजुरीका आधारमा पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको प्रहरीले जनाएको छ ।